• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » कपिलवस्तुका १८१ शिक्षकलाई अख्तियारले जरिवाना तिरायो
कपिलवस्तुका १८१ शिक्षकलाई अख्तियारले जरिवाना तिरायो

कपिलवस्तु १७ माघ ।
कपिलवस्तुका १८१ जना शिक्षक जरिवानामा परेका छन्। उनीहरूले गत वर्षको भदौ मसान्तभित्र सम्पत्ति बिवरण नबुझाएकाले अख्तियारको छानबिनपछि कारबाही थालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्यरूपमा हरेक आर्थिक वर्षको भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ। विवरण बुझाउन हेलचेक्र्याइँ गरेका त्यस्ता शिक्षकलाई कारबाही गर्न मन्त्रालयले नामावली पठाएको शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले बताए ।

अख्तियारले विवरण नबुझाउने शिक्षकको सूची तयार गरी शिक्षा मन्त्रालयलाई पठाएको थियो। त्यसै आधारमा मन्त्रालयले शिक्षा कार्यालयमा सो सूचीसहित कारबाहीको निर्देशन गरेको थियो।

विवरण नबुझाएका प्रत्येक शिक्षकसँग पाँच हजारका दरले जरिबाना गर्न मन्त्रालयले निर्देशन गरेको छ। जिल्लामा ४२२ विद्यालयमा एक हजार २९५ दरबन्दीमध्ये ८५० स्थायी शिक्षक कार्यरत छन् । रासस

प्रकाशित मिति: January 31, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
गृह पृष्ठ |