प्रचण्डले भने- 'हामी एमाले होइनौं, ड्यास माओवादी पनि होइनौं'

बरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी यस्तै हो भने कि त एमालेसँग मिलेर जानुपर्यो कि त मोहन वैद्य नेतृत्वको माओवादीसँग मिल्नु पर्यो भनेसँगै दाहालले एमाओवादी सैद्धान्तिक रुपमा फरक रहेको जिकिर समेत गरेका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा बुधबार बिहान दाहालले आफूहरु एमाले जस्तो पनि नभएको र मोहन वैद्य नेतृत्वको नेकपा माओवादी जस्तो पनि नभएको उल्लेख गरे ।
एमाले र ड्यास माओवादी भन्दा एमाओवादी सैद्धान्तिक रुपमा फरक भएको भन्दै पार्टीको आईडेन्टिटी तलसम्म पुर्याउन नसकेको उनले बताएका थिए ।
प्रकाशित मिति:
January 29, 2014