• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » प्रहरीको मोष्ट वान्टेड सुचिका एमाओवादी सभासद्लाई सर्वोच्चले डाक्यो
प्रहरीको मोष्ट वान्टेड सुचिका एमाओवादी सभासद्लाई सर्वोच्चले डाक्यो

काठमाडौ, १५ माघ । सर्वोच्च अदालतले नेपाल प्रहरीको मोष्ट वान्टेड सुचिमा रहेका एमाओबादी सभासद् लालेन्द्र मण्डललाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । बुधबार सर्वोच्चले आफै वा कानुन ब्यवसायी मार्फत उपस्थित हुन मण्डललाई आदेश दिएको सर्वोच्चका सह प्रवक्ता बाबुराम दाहालले बताए ।

१६ भदौ २०६९ मा महोत्तरीका रामविलास मण्डलको हत्या अभियोग लागेका मण्डल प्रहरीको सुचिमा फरार अभियुक्त हुन । सिंचाई सम्बन्धी सामन्य बिबादमा लालेन्द्र, गणौरा मण्डल, रामपदारथ मण्डल र चन्द्रश्वर मण्डलले रामविलासको हत्या गरेको अभियोगमा महोत्तरी जिल्ला अदालतले बारेष्ट जारि गरेको थियो । १५ माघ २०६९ मा जिल्ला अदालतले वारेष्ट जारि गरेपछि मण्डल फरार रहेका थिए । फरार अवस्थामै एनेकपा माओबादीले सामानुपातिक सभासद् बनाएपछि उनीबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

अधिबक्ता दिनेश त्रिपाठीले हत्या अभियोग लागेका ब्यक्तिलाई सभासद् बनाउन नहुने र उनलाई पक्राउ गरि कानुन कार्वाहीको माग गर्दै ५ माघमा रिट दायर गरेका थिए । रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालले उनलाई उपस्थित हुन आदेश दिएको हो । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले उनलाई पक्राउ गर्नु पर्ने हो या होइन उनको सभासद् पद कायम रहन सक्ने या नसक्ने बिषयमा छलफल गर्न अर्को साता उपस्थित हुन आदेश दिएको छ । त्रिपाठीले हत्या अभियुक्तलाई पक्राउ गर्न र सभासद् पद खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए ।

रामविलासको हत्या गरेपछि उनकी श्रीमति चुनरिया मण्डलले किटानी जाहेर गरेकी थिइन । किटानी जाहेर भएदेखि फरार रहेका मण्डलबिरुद्ध प्रहरीले फरारी मुद्दा दायर गरेको थियो । अदालतले उनलाई उपस्थित हुन वारेन्ट जारि पनि गरेको थियो ।

प्रकाशित मिति: January 29, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |