• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » पाईप बम बिष्फोट हुँदा छ जना घाईते, दुईको अवस्था गम्भीर
पाईप बम बिष्फोट हुँदा छ जना घाईते, दुईको अवस्था गम्भीर


दिप बहादुर घर्ति
जाजरकोट ८ फागुन । जाजरकोटको दशेरामा बिहीवार विहान ९:५० वजे पाइप बम बिष्फोट हुँदा ६ जना सर्वसाभारण घाईते भएका छन् । पाईप बमलाई फलाम पोल्ने चुलोमा हाले पछि बम बिष्फोट हुँदा  सर्वसाभारण घाईते भएका हुन् ।


दशेरा ३ का जोखे थापाले जिआई पाईप देखिने बम ओदान बनाउने उदेश्यले कमारो नेपालीको फलाम पिट्ने दोकानमा लिएर फलाम पोल्ने चुलोमा हाल्दा उक्त बम बिष्फोट भएको थियो ।

बम बिष्फोट भएर घाईते हुनेमा दशेरा ३ कै भक्त बहादुर थापा, नरसिंह थापा, नैन बहादुर नेपाली, मान बहादुर नेपाली, कमारो नेपाली र जोखे थापा रहेका छन । घाईते कमारो नेपाली र जोखे थापाको अबस्था गम्भिर रहेको दशेरा हेल्थपोष्टका एचए राम बहादुर सुनारले वताए । उनीले घाईतेहरुको राम्रो उपचारका लागी तत्काल घाइतेहरुलाई काठमाण्डौ लिनु पर्छ भने । बम बिष्फोटको घटना पछि घाईतेहरुको मानव स्वरुपनै हेर्न नसकिने अबस्था भएको प्रत्यक्षदर्शि नैन बहादुर बिष्टले बताए ।

घटना स्थलका घाईतेहरुको उद्धारमा तत्काल नेपाल प्रहरी लागि परेको र घाईतेहरुलाई उपचारका लागी जाजरकोट क्षेत्र नं. २ का सभासद राजीव शाह हेलिकप्टर लिएर घटनास्थलमा पुगि सकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति: February 20, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |