• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » अब २४ घण्टा नै खुल्दैछ ठमेल
अब २४ घण्टा नै खुल्दैछ ठमेल

फागुन १२ । पर्यटकिय क्षेत्र ठमेल अब २४ घण्टा नै खुल्ने भएको छ । मेललाई २४ सैं घण्टा खुल्ला र उज्यालो राख्ने योजनासहित ‘स्वचालित सोलार बत्ती’ जडान कार्य सुरु हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरणको अनुदान सहयोगमा आगामी ३ महिनाभित्र ठमेल क्षेत्रमा स्वचालित सोला बत्ती जडान सुरु हुने ठमेल पर्यटकीय विकास परिषद्ले जानकारी दिएको खबर अभियान दैनिकले छापेको छ ।

एशियाली विकास बैंक एडीबीको सहयोगमा प्राधिकरणलाई प्राप्त सोलार बत्ती हाल चीनमा निर्माणको चरणमा रहेको र ३ महिनाभित्र नेपाल आइसक्ने बताइएको छ । त्यसपछि जडान कार्य सुरु हुन्छ ।
प्रारम्भमा महानगरपालिका र परिषद्बीचको सम्झौताअनुसार महानगरको ७० प्रतिशत अनुसादनमा सौर्यबत्ती जडान गर्ने योजना बनाइएको थियो । तर, एडीबीको सहयोगपछि सोलार अनुदानमा प्राप्त हुन लागेको परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिए ।

प्रकाशित मिति: February 24, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |