एनआरएन अमेरिकामा ४ हजार २ सय १ सदस्य
अन्तरिम समितिका अध्यक्ष शिवकुमार राईका अनुसार प्राप्त निवेदनलाई वेभ साइटमा राख्ने काम सम्पन्न भएको छ । अघिल्लो पटक करीब ४ सयको हाराहारीमा रहेको भए पनि यो वर्ष एनआरएन सदस्यको संख्या यति पुगेको हो ।
यी सवै सदस्यले निकट भविश्यमै हुन गइरहेको एनआरएन अमेरिकाको निर्वाचनमा मत हाल्न पाउँने छन् । नेपालबाट अमेरिका गई विभिन्न पेशामा आवद्ध रहेका नेपालीहरुलाई एनआरएन अमेरिकाले आवद्ध गराउँदै आएको छ । एनआर एनका अनुसार न्ययोर्क राज्यवाट मात्र १ हजार २ सय १४ जनाले एनआरएन अमेरिकाको सदस्यता लिएका छन् ।
अमेरिकाका विभिन्न राज्यहको तुलनामा यो सबै भन्दा बढी सङ्ख्या हो । त्यसैगरी क्यालिफोर्नियामा ७ सय ९९, मेरील्याण्डमा ३ सय २८, टेक्सासमा २ सय ४४, म्यासिच्युटमा ३ सय ५६ एनआरएन अमेरिकाको सदस्य बनेका छन् भने न्यु हेमिस्फिअरमा २ सय ६७ ले सदस्यता लिएका छन् ।
टेक्सास राज्यमा भने अन्य राज्यको तुलनामा नेपालीको सङ्ख्या अत्याधिक भए पनि एनआरएन सदस्य सङ्ख्या खासै वृद्धि नभएको बुझिएको छ । न्युयोर्क, कनेक्टिकेट र न्युजर्सीको सदस्यता सङ्ख्या जोड्दा १३ सय ६९ हुन्छ ।
प्रकाशित मिति:
March 12, 2014