डाक्टरको लापर्बाहीले महिलाको पेटमा कपडा
फागुन २५ । विरामीले उपचारका क्रममा भगवान मान्ने डाक्टरले नै कतिसम्म लापरवाही गर्न सक्छन भन्ने पछिल्लो उदाहरण तम्घास अस्पतालका डाक्टरले देखाएका छन् । सल्यक्रिया गरेर बच्चा निकाल्दा उक्त अस्पतालका डाक्टरले सुत्केरीको पेटमा कपडा (गजपिस) छोडको भन्दै तम्घास अस्पताल विरुद्ध जिल्ला प्रसाशन कार्यालय, गुल्मीमा उजुरी परेपछि यसको तथ्य फेला परेको हापरेको हो ।
अर्खले–९ भाडगाउँकी ३४ वर्षीया राधा खत्रीको माघ २४ गते सल्यक्रिया गरी बच्चा निकालेपछि पेटभित्रै गजपिस छाडेकाले गम्भीर बिरामी भएको भन्दै अस्पतालविरुद्ध पीडितले उजुरी दिएका हुन् ।
बच्चा जन्मेपछि घर फर्केकी खत्रीको पेट सहनै नसक्ने गरी दुःखेपछि फागुन १६ गते तम्घास अस्पताल भर्ना गरिएको थियो । तम्घास अस्पतालले उपचार गर्न नसकेर रिफर गरेपछि उनलाई लुम्बिनी मेडिकल कलेजमा आइसियूमा उपचार भइरहेको छ ।
गुल्मीका सबै राजनीतिक दल, अस्पतालका डाक्टर, प्रशासन र पीडित पक्षबीच शनिबार प्रशासन कार्यालयमा भएको छलफलमा पनि बिरामीको ज्यान बचाउन उपचारका लागि सहयोग गर्ने सहमति भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तीले पहिला उपचार गर्ने र घटनाको छानबिनको क्रम पनि जारी राख्ने सहमति भएको बताए ।
प्रकाशित मिति:
March 09, 2014