• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » भारतमा चुनाव हारेका तर नेपालमा सभाषद बनेका व्यक्तिबारे छानबिन गर्न संसदमा माग
भारतमा चुनाव हारेका तर नेपालमा सभाषद बनेका व्यक्तिबारे छानबिन गर्न संसदमा माग

फागुन २२ । भारतको नगरपरिषदमा निर्वाचन हारेका तर नेपालमा सभाषद चुनिएका एक सभाषदको विषयमा संसदमै कुरा उठेको छ ।

नगरपरिषदको निर्वाचन हारेका केदारनन्दन चौधरी नेपालमा सभासद् भएको बिषयमा सत्यतथ्य छानबिन गर्न संसदमा कुरा उठेको हो ।

तराई मधेस लोकतान्त्रिक पार्टीले चौधरीलाई समानुपातिकबाट दोस्रो संविधानसभामा सभासद् बनाएको हो ।

उनका विषयमा बिहीबारको संसदम बोल्दै नेपाली कांग्रेसका सभासद रामहरी खतिवडाले चौधरीलाई सभासद बनाएकोबारे सभामुख र सरकारको ध्यानाकर्षण गर्दै सत्यतथ्य छानबिन गरी कारबाहीको माग समेत गरे ।

सन् २००४ मा भारतमा भएको स्थानीय चुनावमा चौधरीले गाजियवाद जिल्लाको खोना मकानपुर नगरपरिषद् चुनावमा उम्मेदवारी दिएका थिए । चुनावमा उनी पराजित भएका थिए । भारतको नगरपरिषद्मा उम्मेदवारी दिएको १० वर्षपछि चौधरी एकैचोटि नेपालको व्यवस्थापिका–संसदमाभित्रिएका छन् ।

सन् २००८ मा गरिएको दोस्रो स्थानीय चुनावमा केदारनन्दनकी कान्छी श्रीमती मीरा चौधरीले सोही नगरपरिषद्मा महिला कोटाबाट उम्मेदवारी दिएर जितेकी थिइन् । सभासद् चौधरीको घर अहिले पनि खोना मकानपुर नगरपरिषद्को खोहरा कोलनीमा पर्छ । चौधरीकी श्रीमती मीरा अहिले पनि उतै बस्छिन् ।

सभासद विहारको नगर परिषदको चुनाव हारेको व्यक्ति भएको समाचार केहि दिन अघि सार्वजनिक भएको थियो।

प्रकाशित मिति: March 06, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |