नेपालले भने- 'सरकारको विकल्प अहिले सोचेको छैन '
धनगढी, ३० जेठ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सुशील कोइराला नेतृत्वको सरकारको विकल्प अहिले आफूले नसोचेको बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले सरकार गठन गर्दा एमालेसँग भएको सहकार्य ठीक ढङ्गले अगाडि नबढेको र सरकारले गति पनि लिन नसकेको भए पनि सरकारको विकल्प भने अहिले नसोचेको स्पष्ट पारे ।
एमालेको आगामी महाअधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन हुनुपर्ने र त्यसो हुन नसकेको अवस्थामा सभ्य ढङ्गले नेतृत्व चयन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
एक प्रसङ्गमा उहाँले नेतृत्वमा आइसकेका नेताबीच युवा पुस्तालाई एमालेको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएमा आफू पनि नेतृत्व हस्तान्तरणका लागि तयार हुने बताए ।
जबरजस्ती पार्टी कब्जा गर्न खोज्ने र निजी स्वार्थलाई लिएर चरित्र हत्यामा उत्रने कामको आफूले विरोध गरेको नेपालले उल्लेख गरे ।

प्रकाशित मिति:
June 13, 2014