सत्र वर्षपछि स्वास्थ्य केन्द्रमा चिकित्सक
सुर्खेत, ३० जेठ । जिल्लाको पश्चिम सुर्खेतको सालकोट गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा १७ वर्षपछि चिकित्सक पुगेका छन् ।
स्वास्थ्य केन्द्रमा स्थापनाकालदेखि नै एकजना चिकित्सकको दरबन्दी भए पनि विभिन्न कारणले चिकित्सक आउन नमानेकाले अहिलेसम्म पनि स्थानीयले स्वास्थ्य केन्द्रमा चिकित्सक देख्न पाएका थिएनन् ।
सालकोट स्वास्थ्य केन्द्रलाई दुर्गम मानेर पनि चिकित्सकहरू बस्न नमान्ने भएकाले काम गर्न सहज होस् भनेर सरकारले एकजनाको दरबन्दीमा दुईजनालाई काम गर्न पठाएको हो ।
स्वास्थ्य केन्द्रमा आईपुगेका चिकित्सकद्वय शौभाग्य ढकाल र ओमप्रकाश पट्टेलले आफूहरू दुर्गम क्षेत्रमै काम गर्ने चाहनाले यहाँ आएको बताए ।
स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तिलकराम अधिकारीले भौतिक पूर्वाधार निर्माण भइसकेको भन्दै अन्य सामग्रीको पनि आवश्यकताअनुसार उपलब्ध गराउने बताए ।
विसं २०५३÷०५४ मा स्थापना भएको उक्त स्वास्थ्य केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पटकपटक चिकित्सकलाई पठाउने गरेको भए पनि त्यहाँ नपुगेरै अन्य स्थानमा सरुवा हुने गरेका थिए ।
प्रकाशित मिति:
June 13, 2014