साबिक विजेता स्पेन नेदरल्याण्डसँग ५-१ गोलले पराजित
जेठ ३१ । साबिक विजेता स्पेन उपविजेता नेदरल्याण्डसँग पाँच एक गोलले पराजित भएको छ । सन् २०१० मा अफ्रिकामा भएको खेलमा बदला नेदरल्याण्डले राम्रैसँग लिएको हो ।
स्पेनलाई उपाधीको बलियो दाबेदार मानिदै आएको थियो । तर पहिलो खेलको प्रदर्शनले कहाँसम्म स्पेन पुग्ने हो भन्ने समेत आशंका जन्माईदिएको छ ।
अन्तराष्ट्रिय फुटबलमा स्पेनले ५१ वर्षपछि पाँच गोल खाएको हो भने विश्वकपमा इतिहाँसमा स्पेनले ६४ वर्षपछि यति फराकिलो हार ब्यहोरेको हो।
यस अघि सन १९६३ मा स्पेनले स्कटल्यान्डसँग ६-२ गोलले पराजय भएको थियो । त्यस्तै विश्वकपमा सन १९५० मा ब्राजिलमै भएको सस्करणमा स्पेन घरेलु टोलीसँग ६-१ गोलले पराजित भएको थियो।
यता, गएराती सम्पन्न अन्य खेलमा एक गोलले क्यामरुन मेक्सिकोसँग पराजित भएको छ ।
अर्को खेलमा एसियाली राष्ट्रबाट खेलिररहेको अष्ट्रेलिया चिल्लिसँग ३ गोलले पराजित भएको छ ।
यसअघि बिहीबार राती भएको खेलमा ब्राजिल क्रोसियासँग ३१ गोलले विजयी भएको थियो ।
प्रकाशित मिति:
June 14, 2014