प्रशिक्षक दासानायकेको समयावधि एक वर्ष थप
काठमाडौँ, १७ असार । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेलाई एक वर्षका लागि समयावधि (करार नवीकरण) थप गर्ने निर्णय गरेको छ ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आज रासससँग कुरा गर्दै क्रिकेट खेलको विकास र विस्तारको लागि प्रशिक्षक दासानायकेको नवीकरण एक वर्ष थप गरिएको बताए ।
उहाँले नेपाल क्रिकेट सङ्घ (क्यान) ले आर्थिक अभाव देखाउँदै प्रशिक्षक दासानायकेलाई करार अवधि थप नगर्ने भन्दै आएको थियो । प्रशिक्षक दासानायकेको करार अवधि यही असार १६ गते सोमबार समाप्त भएको थियो ।
सन् २०११ अक्टोबरदेखि दासानायकेले नेपाली प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । दासानायकेले प्रशिक्षकको भूमिका निर्वाह गरेपछि नेपालले पहिलोपटक ट्वेन्टीट्वेन्टी विश्वकपको यात्रासम्म तय ग¥यो भने सोही प्रतियोगितामा हङ्कङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।
यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एसिसी एलिट कप क्रिकेट प्रतियोगितामा नेपाल विजेता बनेको थियो भने विश्व क्रिकेट लिग डिभिजन ३ र ४ को उपाधिसमेत हासिल गरेको थियो ।
नेपालले विश्वकप खेलेका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले यही असार १४ गते शनिबार नेपाललाई ट्वेन्टीट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता समेत दिएको थियो । रासस

प्रकाशित मिति:
July 02, 2014