नेपाल भारत मानव विकास मैत्री संघ जाजरकोटको प्रथम बैठक सम्पन्न
दिप बहादुर घर्ति
जाजरकोट २७ असार । नेपाल भारत मानव विकास मैत्री संघ जिल्ला कार्य समिति जाजरकोटको शुक्रवार सदरमुकाम खलंगामा अध्यक्ष दिनेश कुमार सिंहको अध्यक्षतामा प्रथम पूर्ण बैठक सम्पन्न भयो । जिल्लाका समसामयीक महत्वपूर्ण विषयमा आवश्यक निर्णय लिएर बैठक सम्पन्न भएको हो ।
जाजरकोट २७ असार । नेपाल भारत मानव विकास मैत्री संघ जिल्ला कार्य समिति जाजरकोटको शुक्रवार सदरमुकाम खलंगामा अध्यक्ष दिनेश कुमार सिंहको अध्यक्षतामा प्रथम पूर्ण बैठक सम्पन्न भयो । जिल्लाका समसामयीक महत्वपूर्ण विषयमा आवश्यक निर्णय लिएर बैठक सम्पन्न भएको हो ।
शुक्रवार विहानै बसेको प्रथम पूर्ण बैठकमा विहीवार सम्पन्न जिल्लाको प्रथम साधारण सभावाट सर्वसहमत निर्वाचित २१ सदस्य जिल्ला कार्य समिति स्वीकृतिका लागी मैत्री पार्टी काठमाण्डौंमा अनुरोध गर्ने, जिल्ला कार्यलयका दैनिक कार्य सञ्चालनका लागी खलंगा २ थाप्लेमा कार्यालय स्थाजना गर्ने, दुर्गम पिछडीएको जिल्ला जाजरकोटमा यातायात संख्या अभाववाट विरामीहरुलाई पर्ने असरलाई ध्यान दिदै जिल्लामा एउटा एम्बुलेन्स भारतिय राजदुतावास संग माग गर्नका लागि र २०२६ सालमा जिल्लामा स्थापना भएको सामुदायिक जनक पुस्तकालय हाल जिर्न बन्दै गईरहेको अवस्थालाई ध्यान दिएर उक्त पुस्तकालयको मर्मसंमार थप पुस्तकहरुको ब्यबस्थापनका लागी नेपाल भारत मानव विकास मैत्री संघको केन्द्रिय कार्यालय मैत्री पार्टी काठमाण्डौंलाई अनुरोध गर्ने लगाएतका महत्वपूर्ण निर्णयहरु भएको अध्यक्ष दिनेश कुमार सिंहले वताए । नेपालको तुलनामा शक्तिसाली राष्ट्र भारत संगको सम्बन्धलाई सुदृढ गर्दै भारतको अर्थतन्त्र र प्रविधी नेपालका पक्षमा प्रयोग गर्नका लागी यो मैत्री संघ निकै प्रभावकारी हुनेछ अध्यक्ष सिंहले तर्क गरे ।
नेपाल भारत मानव विकास मैत्री संघ काठमाण्डौंमा २०५७ सालमा स्थापना भई हाल यसका जिल्ला शाखाहरु ६२ जिल्लामा वितार भैई सकेर ६३ औं जिल्लाका रुपमा जाजरकोटमा विहीवार एक साधारण सभाको आयोजना गरिएको थियो । साथै उक्त साधारण सभाले दिनेश कुमार सिंहको अध्यक्षतामा २१ सदस्य जिल्ला कार्य समिति चयन गरेको थियो ।
साधारण सभाले जिल्ला कार्य समितिलाई सहभागिता मुलक समावेशिकरण गर्दै समावेशीक क्षेत्रलाई पनि विस्तार गरेको थियो । महिला, दलित, जनजाती, शिक्षक,बुद्धिजीवि, पत्रकार, कानुन व्यवसायी, स्वास्थ्य कर्मि, नागरिक समाज र राजनैतिक आस्था लगाएतका क्षेत्रवाट जिल्ला कार्य समितिमा समेटिएको थियो ।
प्रकाशित मिति:
July 11, 2014