जर्मनी र ब्राजिलबीचको एकै खेलमा दुई किर्तिमानी
असार २५ । विश्वकप फुटबल अन्तर्गत बुधबार बिहान भएको जर्मनी र आयोजक राष्ट्र ब्राजिल बीचको खेलमा ७-१ गोल अन्तरले ब्राजिल पराजित भएको छ ।
घरेलु मैदानमा मुख्य स्टाइकर नेयमार बिना नै उत्रिएको ब्राजिल स्तब्ध हुँदै मैदानबाट बाहिरिन पुग्यो । जितसँगै जर्मनीले भने भोली बिहान पौने २ बजे अर्जेन्टिना र नेदरल्याण्डबीचको विजेतासँग फाइनल खेल्ने भएको छ ।
यता, जर्मनी र ब्राजिलबीचको एकै खेलमा दुई रेकर्ड तोडिएका छन् । ब्राजिलकै खेलाडी रोनाल्डोको नाममा रहेको विश्वकपमा सबैभन्दा बढी गोल गर्ने किर्तिमान पनि जर्मनीले खोसेको छ ।
जर्मनीका स्ट्राइकर मिलोस्लाभ क्लोस विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । क्लोसले जर्मनीका तर्फबाट चारवटा विश्वकपमा सहभागिता जनाउँदै २३ खेल खेल्दै १६ गोल गरेका छन् । यसअघि ब्राजिलका रोनाल्डोले बिश्वकप फुटबलमा सर्वाधिक १५ गोल गरेका थिए ।
यस्तै, ब्राजिलले अहिलेसम्मकै बढी सात गोल खाएर नकारात्मक रेकर्ड कायम गरे । ब्राजिलले यसअघि ९४ वर्षअघि भएको मैत्रीपुर्ण फुटबल खेलमा ब्राजिलले उरुग्वेसंग ६ गोल खाएको थियो ।

प्रकाशित मिति:
July 09, 2014