चीनद्वारा बाढीपीडितलाई १ करोड ५५ लाख सहयोग
भदौ ३, काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले सुनकोसी पहिरो पीडित र अन्य क्षेत्रका बाढीपीडितको सहयोगार्थ रू. १ करोड ५५ लाख प्रदान गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले मंगलबार परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई उनकै कार्यकक्षमा भेटेर उक्त रकम प्रदान गरेका हुन् ।
त्यस अवसरमा राजदूत वुले नजिकको मित्र भएको नाताले नेपालको दुःख पीडामा आफूलाई पनि मर्माहत पारेको भन्दै चीन सरकारले उक्त सहायता प्रदान गरेको बताए ।
राजदूत वुले पहिरो र बाढीमा ज्यान गुमाएका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरे । सो अवसरमा मन्त्री पाण्डेले राजदूत वुलाई सहयोगका लागि धन्यवाद दिएका थिए । रासस

प्रकाशित मिति:
August 19, 2014