एमाओवादी पार्टी परित्याग गरी माओवादीमा प्रवेश
दिप बहादुर घर्ति
जाजरकोट ३ भाद्र । जगतिपुर १ का एकीकृत नेकपा (माओवादी) पार्टीका पूर्व राज्य समिति सदस्य गोपाल लुवार (बवर) ले मंगलवार पार्टी परित्याग गरेर बैद्य माओवादी पार्टीमा प्रवेश गरेका छन । लुवारले मंगलवार नै एक प्रेस विज्ञप्ती प्रकाशित गरेर एकीकृत नेकपा (माओवादी) पार्टी त्यागेर बैद्य माओवादीमा प्रवेश गरेका हुन ।

२०४७ सालमा आफुले पार्टी सदस्यता प्राप्त गरेर विगतमा सञ्चालित जनयुद्धमा आफु सहभागी भएर भएर पार्टीको जिल्ला समितिको सदस्य पदमा रहेर पार्टीको विभिन्न जिम्मेवारीहरु पुरा गर्दै आएको लुवारले प्रकाशित विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै गोपालले आफुले ३ बर्ष जेल जीवन विताएको चर्चा पनि गरेका छन ।
जनयुद्धको रणनैतिक प्रत्याक्रमणको दोश्रो योजना ढाडमा टेकेर टाउकोमा हिर्काउने अभियानमा जनमुक्ति सेना नेपालको कम्पनि कमिसारको जिम्मेवारीमा रहेर कुशलता पूर्वक युद्धको भुमिकालाई पुरा गरेका जन मुक्ति सेना व्यारेकमा गई सके पछि वाईसिएलको भुमिकामा रहने गरि जिल्लामा फर्केको लामो चर्चा गर्दै उनले विज्ञप्तीमा पार्टी विभाजन पछि एकीकृत नेकपा (माओवादी) पार्टीको राज्य समिति सदस्य पदमा रहेर दोश्रो संविधान सभाको निर्वाचन सम्म सक्रिय रुपमा पार्टीको भुमिकालाई पुरा गरेको तर्क सारेका छन ।
ववरले एकीकृत नेकपा (माओवादी) पार्टी संसदवादमा फस्दै जानु, कार्यकर्ताहरुको वेवास्ता गर्नुका साथै पार्टीले जनविस्वास गुमाउदै गएको आरोप लगाउदै आफुले पार्टी परित्याग गरेको जनाएका छन । साथै उनले दोश्रो क्रान्तिको अविभारालाई पुरा गर्ने एक मात्र क्रान्तिकारी पार्टी नेकपा–माओवादी भएको ठहर गर्दै आजकै मिति देखि आफुले बैद्य माओवादीमा प्रवेश गरेको जनाएका छन ।
गोपाल लुवार संगै एकीकृत नेकपा (माओवादी) पार्टी परित्याग गर्नेमा ४ जना रहेको जगतिपुरवाट सन्देश आचार्यले वताएका छन ।
प्रकाशित मिति:
August 19, 2014