खोटाङमा बलात्कारी युवाविरुद्ध १२ वर्ष कैदको फैसला

आरोपित भुजेलले जबर्जस्ती करणी गरेको स्वीकार गरेपछि जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले उनलाई उक्त सजाय सुनाएको स्रेस्तेदार भीष्म भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार भुजेलले मादक पदार्थ सेवन गरेको समयमा बालिकालाई जबर्जस्ती करणी गरेको बयान दिएका छन् ।
भुजेलले घरमा कोही नभएको समयमा गत असार–७ गते बालिकालाई जबर्जस्ती करणी गरेका थिए । बालिका बलात्कृत भएपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई असार–९ गते प्रहरीले पक्राउ गरेको थियो ।
बलात्कृत बालिकाको स्वास्थ्य अवस्था ठीक हुँदै गएको पारिवारिक स्रोतले जनाएको छ । रासस
प्रकाशित मिति:
September 27, 2014