भ्रष्टाचार आरोपमा बाल स्वास्थ्य महाशाखाका निर्देशकसहित १२ जना पक्राउ
कात्तिक १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य महाशाखामा छापा मारी महाशाखाका निर्देशक डा। श्यामराज उप्रेतीसहित १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
ब्यापक आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले महाशाखमा छापा मारेको जनाएको छ ।
विभिन्न जिल्लामा खोप कार्यक्रम सुदृढिकरण गर्न सरकार, युनिसेफ र विश्व स्वास्थ्य संगठनबाट आएको करोडौ रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारले पक्राउ गरेर अनुसन्धान थालेको हो । पक्राउ पर्नेमा महाशाखाका निर्देशकसहित लेखा अधिकृत दिपक प्रसाद तिमिल्सिना, जनस्वास्थ्य अधिकृतहरु शंकरदेव जोशी र ठाकुर बस्नेत, वरिष्ठ जनस्वास्थ्य अधिकृतहरु लिलाविक्रम थापा र दिपकराज चौलागार्इं, खोप सुपरभाइजर अधिकृत प्रेमकुमार श्रेष्ठ, सुपरभाइजर अधिकृतहरु शम्भू बाबु तिवारी तथा शंकरप्रसाद आचार्य, शाखा अधिकृतहरु डिकबहादुर विष्ट र हरिप्रसाद अधिकारी तथा जनस्वास्थ्य निरिक्षक महेन्द्र प्रकाश शर्मा रहेका छन् ।
भ्रष्टाचारमा संलग्न तत्कालीन निर्देशक डा।तारानाथ पोखरेल र तत्कालीन लेखा अधिकृत तथा हाल सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका निर्देशक तेजप्रकाश प्रसाईं भने फरार रहेकाले खोजी भैरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति:
November 02, 2014