जापान सरकारद्धारा ८ सय मिलियन अमेरिकी डलर सहयोग
काठमाडौँ, १५ वैशाख । जापान सरकारले नेपालका भूकम्प पीडितका लागि करिब आठ सय मिलियन अमेरिकी डलर बराबरको सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
जापान सरकारले आपत्कालीन अनुदान सहयोगअन्तर्गत सो रकमका साथै पीडितका लागि मानवीय सहयोग गर्न उद्धार टोली र राहत सामग्री पनि सँगै पठाउँदैछ । नेपालस्थित जापानी दूतावासले सोमबार जारी गरेको विज्ञप्तिका अनुसार प्रभावकारी उद्धार र पुनःस्थापनाका लागि निरन्तर सहयोग गरिने जनाइएको छ ।
प्रकाशित मिति:
April 28, 2015