एक करोडका ४४ वटा योजना सार्वजनिक
पोखरा, ६ माघ । कास्की जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदद्वय तुलबहादुर गुरुङ र चूडामणि विश्वकर्मा जङ्गलीले सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७३/७४ का लागि विनियोजित रकम एवम् योजना एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् ।
प्रेस चौतारी नेपाल कास्कीद्वारा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रलाई समेटेर रु ५०/५० लाखका छुट्टाछुट्टै ४४ वटा विभिन्न योजना सार्वजनिक गरेका हुन् ।
नेकपा एमालेका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदद्वयले सार्वजनिक गरेको २२/२२ वटा योजनामा कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रलाई समेटिएको छ ।
योजना सार्वजनिक गर्दै सांसद गुरुङले मुलुकमा स्थानीय तहको निर्वाचन गरी विकास निर्माणको काम सम्बन्धित निकायबाट गरिनुपर्ने बताए ।
अर्का सांसद विश्वकर्माले समाजका पछाडि परेको एवम् निर्देशिकामा व्यवस्था भएअनुरुप योजना छनोट तथा बजेट विनियोजन गरिएको बताए ।
प्रकाशित मिति:
January 19, 2017