तिहारको अन्तिम दिन, धुमधाममय भाइटीका
कार्तिक १९, रासस - यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा आज मुलुकभरि दिदीबहिनीले आ-आफ्नो दाजुभाइलाई टीका लगाएर मनाएका छन् ।
आज बिहान ११ बजेर २७ मिनेटको शुभसाइतमा टीका लगाउने कार्य सुरु भएको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीका सुरु गर्ने सो साइत अत्यन्त शुभ भए पनि दिनभरि नै टीका लगाउन उत्तम छ ।
शुभ साइत पारेर आज घरघरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर हर्षोल्लासरूपमा भाइटीका मनाएका छन् ।
दाजुभाइ र दिदीबहिनीमा मायाको रुपमा लिइने यस चाडमा आजका दिन टाढा टाढाबाट दाजुभाइ दिदीबहिनीको हातबाट टीका थाप्न पुग्छन् भने विवाह भएका दिदीबहिनीहरु पनि माइती जाने चाजो मिलाउँछन् ।
आजका दिन स्वदेश तथा विदेशमा रहेका दाजुभाइहरू पनि दिदीबहिनाका घरमा र दिदीबहिनीहरू दाजुभाइका घरमा जम्मा भई टीका लगाउने गर्दछन् ।
आजका दिन दिदीबहिनीले टीका लगाउनुअघि दाजुभाइको कानमा तेल हालिदिन्छन् र सप्तरङ्गी टीकाको साथै कहिले पुरानो नहुने दुबो, मखमली, सयपत्री तथा गोदावारीको माला लगाइदिन्छन् ।
टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई मीठाइ तथा मसला खान दिन्छन् भने दाजुभाइले दिदीबहिनीलाई विभिन्न वस्त्र, आभूषण तथा दक्षिणा दिने गर्छन् ।
आजका दिन सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने प्रचलन छ ।
आजका दिन दैलोमा तेल र पानीले छेकेर भाइपूजा सुरु गरेपछि दाजुभाइलाई कालले पनि लान सक्तैन भन्ने जनविश्वास छ ।

प्रकाशित मिति:
November 05, 2013