• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » प्रधानमन्त्रीले दिल्लीमा गरेको महागल्ती, नारायणकाजीले भने, 'बाेल्न हुने नै कुरा बाेल्नु भयाे प्रधानमन्त्री ज्यू'
प्रधानमन्त्रीले दिल्लीमा गरेको महागल्ती, नारायणकाजीले भने, 'बाेल्न हुने नै कुरा बाेल्नु भयाे प्रधानमन्त्री ज्यू'

काठमाडौं ९ भदौ
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली अहिले भारत भ्रमणमा रहेको छ । प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीसँग हिजो भेट गरेका छन् । आज उनले त्यहाँका राजनीतिक दलहरुसँग भेटघाट गरिरहेका छन् ।

भारतले सँधै कुनै न कुनै सन्धी सम्झौतामा फसाउने गरेकाले जहिल्यै शंकाले भारतलाई हेर्ने गरिन्छ । यो पटक भने प्रधानमन्त्री देउवा आफैंले महागल्ती गरेका छन् ।

समकक्षी मोदीसँगको भेटपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले निकट भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘संविधान संशोधनका केही मुद्दा अझै थाती छन्, राष्ट्रिय जनता पार्टी तथा दक्षिणी भागका जनताको मागलाई सम्बोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन पुनः संशोधन प्रयास गर्नेछु’, देउवाले भने, ‘निकट भविष्यमा दुईतिहाइ बहुमत जुटाएर सबैलाई स्वीकार्य हुने संविधान बनाउँछौं ।’

देउवाको उक्त अभिव्यक्तिलाई लिएर अहिले चर्को विरोध समेत भईरहेको छ । धेरैले उनले हाम्रो आन्तरिक मामिलाको विषयमा भारतसँग बोलेर गम्भीर गल्ती गरेको टिप्पणी गरेका छन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सार्वजनिक रुपमा नै देउवाको अभिव्यक्तिको विरोध गरेका छन् । उनले होसमा नै बोलेको त हो भन्ने आशयसहित तपाईले के बोल्नुभयो प्रधानमन्त्री ज्यू बोल्न हुने कुरा बोल्नु भयो भनेर सामाजिक सञ्जाल ट्विटरमा आफ्नो विचार पोखेका छन् ।

प्रकाशित मिति: August 25, 2017

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अ...

यी हुन् सात प्रदेशका सभामुखमा प्रति...

प्रदेश नं ५ को पहिलो बैठक आजदेखि, स...

प्रदेश प्रमुख र प्रदेश राजधानीबारे ...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • विसं २०७५ का लागि १३ पात्रो स्वीकृत
  • Watch Nepali Model- Baby Thapa
  • Miss Nepal Payal Shakya 2004
  • दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै
गृह पृष्ठ |