गोर्खाल्याण्ड आन्दोलनमा सुरक्षाकर्मीको गोलीबाट फेरि एकको ज्यान गयो, मृतकको संख्या आठ
काठमाडौं ३ साउन
गोर्खाल्याण्ड आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर फेरि एक जनाको ज्यान गएको छ । योसँगै आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
पश्चिम बंगालको नेपाल–भारत सीमावर्ती मिरिक बजारमा सोमबार राति भारतीय अर्धसैनिक बल सिआरपीएफको गोलीबाट गोर्खाल्याण्ड पक्षधर एक मृत्यु भएसँगै मृतकको संख्या आठ पुगेको हो ।
मिरिक बजारमा गोर्खाल्याण्डको पक्षधर गोर्खा जनमुक्ति मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडप हुन खोज्दा सिआरपीएफले चलाएको गोलीबाट मिरिकको मकरजुङ गाउँका ४५ बर्षीय आशिष तामाङको मृत्यु भएको बताइएको छ । घटनामा पाँच जना भन्दा बढी घाइते भएका छन् ।
यसअघि, असार २ गते राति सडकमा हिडिरहेका टासी भुटियाको शुरक्षाकर्मीको गोलिबाट मृत्यु भएको थियो । सुरज सुन्दास, समीर गुरुङको असार २४ गते, सोही घटनामा घाइते भएका अशोक तामाङ (उपचारको क्रममा) विमल गजमेर, सुनिल राई र महेश गुरुङको असार ३ गते प्रहरीको गोलीबाट मृत्यु भइसकेको छ ।

प्रकाशित मिति:
July 18, 2017