मोरङ क्याम्पसमा पनि लाग्यो ताला
जेठ १४ । क्याम्पसमा फर्जी विद्यार्थी भर्ना रद्द गर्न र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निष्पक्ष गराउन माग गर्दै अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसमा आज तालाबन्दी गरेका छन् ।
सो क्याम्पसका क्रान्तिकारी समूह इकाई समितिका अध्यक्ष प्रदीप नेपालको नेतृत्वमा गएको समूहले क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा ताला लगाएको हो ।
त्यस्तै एकीकृत नेकपा (माओवादी) विद्यार्थी इकाई समितिले पनि सोही माग राख्दै युनियनको कार्यालयमा थप ताला लगाएका छन् । इकाई समितिका अध्यक्ष दीपेन्द्र महतोको नेतृत्वमा गएका विद्यार्थीहरूले ताला लगाएका हुन् ।
प्रकाशित मिति:
May 28, 2013