बुद्द जयन्तीमा तमु समाज यूएईद्धारा विविध कार्यक्रमको आयोजना
भिम तमु, यूएई -
तमु समाज यूएई हरेक बर्ष झै यसपाली पनि बिभिन्न संगीतिक रमझम सहित बुद्द जयन्ती गत शुक्रबार दुबइको एभरेष्ट होटेलमा मनाएको छ ।
"बुद्ध बोर्न इन नेपाल नट इन ईन्डिया" भने नाराका साथ मनाएको कार्यक्रमको सम्योजन भिम तमुले गरेको थियो भने समाजका अध्यक्ष डेर राज तमुले सभापतित्व गर्नु भएको थियो । प्रमुख अतिथि बयोबृद्ध आमा गंगामति तमुस्यो शन्ती द्दिप प्रज्वोलित गरी कार्यक्रममा अतिथी लागयत सबले १०८ बती बलेका थिए । त्यस्तैगरी अन्य अतिथिहरुको रुपमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेको पहिलो चरणको औपचारिक कार्यक्रमलाई रमेश तमुले संचालन गरेको थियो ।
स्वागत मन्तब्य दिदै बुद्द नेपालमा जन्मेको सर्बबितितै हुँदा हुँदै अहिले भरातमा नक्कली लुम्बिनी बनाइ पर्यटकिय गन्तब्य बनाएकोमा कडा अपत्ती जनाउदै सम्पूर्ण नेपालीहरु सचेत हुन आग्रह गर्दै तमुहरुको मात्रै पहिचान बुद्द धर्म नभएर यो मानबिय धर्म सम्पूर्ण नेपालीको पहिचान भएको, एसियामा मात्रै एक अरब बुद्द धर्मवलम्बी रहेको जिकिर गर्नु भयो साथै उपस्थित सम्पूर्णलाई गौतम बुद्दले नेपालमा सदैब शन्ती छाउस । धर्मिक सद्भभाव कायम रहोस् भनी शुभकामना दिनुभएको थियो । साथै सो कार्यक्रममा गत महिना यूएई ब्यापी निर्त्य प्रतियोगितामा प्रथम हुन सफल भएका दिपक तमु र नमुना तमुलाई अध्यक्ष डेर राज तमु हार्दिक बधाई दिनुभएको थियो ।
ए भेना... पाछ्यौरि ल्यैदेउ न मल्मलको भने गीतको बोलमा दिपक तमु र नमुना तमु बेजोड प्रस्तुती सँगै अमृत तमु, पवित्र तमु, बिनिता थापा, कपिल तमाङ, रामकाजी तमु शेरजङ तमु, राम लामा, सुदेस भाट लगायले निर्त्य गरेका थिए भने दीप सुब्बा, अमृत तमु, राजेश घले, यमन तमु,मुना तमु,जय तमु लगायतका स्थानिय कलाकारहरुले गाउदै दर्शकलाई नचाएका थिए । यसै गरी सस्कृतिक सम्योजन श्याम तमुले गरेको थियो भने सस्कृतिक कार्यक्रम ईन्द्र तमुले सन्चालन गरेको थियो ।
अन्त्यमा तमु समाज यूएईका अध्यक्ष तथा कार्यक्रमका सभापति डेर राज तमुले उपस्थित प्रमुख अतिथी, बिभिन्न संघ संस्था अतिथी तथा प्रतिनिधीहरु, संरक्षक, सल्लाहकारहरु, पदाधिकारीहरु, सम्पूर्ण तमु समाजलाई माया गर्ने दाजुभाई दिदीबहिनिहरु हार्दिक कृताज्ञता प्रकट गर्नुका साथै बिशेष गरी फलफुल तथा पानीको प्रायोजन गर्नुहुने नारायण तमु, खेम तमु, मुनिन्द्र तमु, ईन्द्र तमु र उशा तमुलाई धन्यवाद दिदै सभा बिसर्जन गरेको थियो ।
प्रकाशित मिति:
May 28, 2013