• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » जापानमा २५५८ औ बुद्ध जयन्ती
जापानमा २५५८ औ बुद्ध जयन्ती

जेठ ४ । नेपाल आदिवासी जनजाती महासंघको आयोजनामा २५५८ औ बुद्ध जयन्ति कार्यक्रम जापानमा सम्पन्न भएको छ । कार्यक्रममा एनआरएनअए एसिया प्यासफिकका उपसंयोजक श्री रोविन्द श्रेष्ठको प्रमुख आतिथि रहेको थियो ।

यसै गरि बिशेस अतिथिमा आदिवाशी जनजाती महासंघजापानका बरिस्ठ बुद्दिजिबि श्री भिजेंद्रमान पुन मगरको बिशेस अतिथि रहेको थियो भने अन्य अतिथिहरुमा एन आर एन ए टोकाई होकुरिकु जापानका संयोजक बिष्णु प्रसाद घिमिरे, नेपाल मगर संघ टोकाई जापानका अध्यक्ष दिलिप राना मगर, शेर्पा संघ टोकाई जापानका अध्यक्ष पासांग शेर्पा, थकाली सेवा समिति टोकाई जापानका अध्यक्ष चन्द्र शेरचन, सञ्चारकर्मी श्याम राना मगर साथै टोकाई क्षेत्रमा संगठित विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो  । बिशेस गरि लामा पाठ पुजा, श्री तेन्जिंग शेर्पा लामा ले गर्नुभएको थियो ।

संघका अध्यक्ष मन बहादुर पुन मगरको सभपतिय्वो मा भएको उक्त कार्यक्रममा संघका महासचिव संछा शेर्पाले संचालन गर्नुभएको थियो र स्वागत मन्तब्य उपाध्यक्ष योगेन्द्र शेरचनले गर्नुभएको थियो ।
मन्चमा आशिन् अतिथिज्यु हरुलाई संघका महिला सदस्य तथा स्वस्थ्ये बिभाग प्रमुख लाक्पाफुटी शेर्पा र सदस्य लाल्पुरा रोका मगरले ब्याच वितरण तथा खादा ओढाई सम्मान गरेको थियो ।

मन्चमा आसिन अतिथि ज्यु हरुले पालै पालो सुभकामना मन्तब्य दिएका थिए भने मनाब्येमा प्राय एकमत देखिन्थ्यो।

प्रमुख अतिथिको आशन बाट सुभकामन दिदै श्रेष्ठले जापानिज नागरिक हरुलाई जानकारी गराउनको लागि जापानको विभिन्न क्षेत्रमा बुद्ध नेपालमा जन्मनुभएको हो भन्ने संदेश प्रेसित हुनेगरी विभिन्न कार्यक्रम हरु गर्नुपर्नेमा जोड दिदै स्वम आफैले पनि भर्सक्दो सहयोग गर्ने बचन दिएका थिए. र बिसेस अतिथि पुन मगरले बुद्धको जन्म, बुद्धत्वो र वहाको सिक्षाको बारेमा प्रस्ट पारेका थिए।

सुभाकमनाकै क्रमममा नेपाल मगर संघ टोकाई जापानका अध्यक्ष दिलिपराना मगरले बुद्धको जन्म इसा पुर्प ६२३ मा भएको र गणना गरि हेर्दा बुद्धको जन्म भएको २६३८ बर्ष र बुद्धत्वो लाभ भएको २६०३ बर्ष पुगेको र महापपरिनिर्वाण हुनुभएको २५५८ बर्ष पुगेको भन्ने बारे खण्डन गरेका थिए र एस बिषयमा सरोकारवालाहरुको ध्यानाकर्सन होस् भन्ने अनुरोध गरेका थिए ।

साथै बुद्ध नेपालमै जन्मेका हुन् भन्ने बारेमा एन अर एन ए टोकाई होकुरिकुका संयोजक बिष्णु प्रसाद घिमिरेले कविताबाचनमा मिलाएर प्रस्तुत गरेका थिए ।

अन्त्यमा संस्थाका अध्यक्ष तथा सभापति मन बहादुर पुन मगरले कार्यक्रम भाब्येरुपमा सफल पार्न विभिन्न कोण बाट सहयोग गर्नुहुने सबैलाई धन्नेवाद दिदै कार्यक्रमको समापन गर्नुभएको हो ।

प्रकाशित मिति: May 18, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |