• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » रक्सौलमा पेट्रोल नहुँदा राजधानीमा पनि हाहाकार
रक्सौलमा पेट्रोल नहुँदा राजधानीमा पनि हाहाकार

जेठ ४ । भारतको रक्सौलमा पेट्रोल अभाव भएसँगै त्यसको असर राजधानी काठमाडौंमा पनि परेको छ ।

विगत तीन दिनदेखि राजधानीमा पेट्रोलको अभाव देखिएको छ । आइतबार पेट्रोल वितरण गरिएका सबै पेट्रोल पम्पमा लामो लाइन देखिएको छ । तर, आधा भन्दा बढी पेट्रोल पम्प भने बन्द छन् । निजीसहित प्रहरी तथा सेनाका पम्पसमेत पेट्रोल अभावमा बन्द अवस्थामा छन् ।

नेपाल आयल निगमले भने भारतको रक्सौलमा पेट्रोल अभाव हुँदा त्यसको प्रभाव नेपालमा पनि देखिएको जनाएको छ । निगमले सोमबार वा मंगलबारदेखि पेट्रोल सहज हुने बताएको छ । 

यसअघि महिना दिन अगाडी पनि राजधानीमा पेट्रोलको अभाव देखिएको थियो । 

अघिल्लो पटक रकम वक्तौता गर्न नसक्दा अभाव देखिए पनि यो पटक भने भारतमा भएको चुनाउले रक्सौलमा रेल्बेस्टेसनबाट आउने पेट्रोलमा अनियमितता हुँदा अभाव देखिएको निगमले जनाएको छ ।


केही समय अगाडी भने राजधानीका करिब दश वटा पेट्रोल पम्पमा खराब इन्धनका कारण इन्जिनले काम नगरेको भनेर समेत चर्चा गरिएको थियो ।

प्रकाशित मिति: May 18, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
गृह पृष्ठ |