रक्सौलमा पेट्रोल नहुँदा राजधानीमा पनि हाहाकार
जेठ ४ । भारतको रक्सौलमा पेट्रोल अभाव भएसँगै त्यसको असर राजधानी काठमाडौंमा पनि परेको छ ।
विगत तीन दिनदेखि राजधानीमा पेट्रोलको अभाव देखिएको छ । आइतबार पेट्रोल वितरण गरिएका सबै पेट्रोल पम्पमा लामो लाइन देखिएको छ । तर, आधा भन्दा बढी पेट्रोल पम्प भने बन्द छन् । निजीसहित प्रहरी तथा सेनाका पम्पसमेत पेट्रोल अभावमा बन्द अवस्थामा छन् ।
नेपाल आयल निगमले भने भारतको रक्सौलमा पेट्रोल अभाव हुँदा त्यसको प्रभाव नेपालमा पनि देखिएको जनाएको छ । निगमले सोमबार वा मंगलबारदेखि पेट्रोल सहज हुने बताएको छ ।
यसअघि महिना दिन अगाडी पनि राजधानीमा पेट्रोलको अभाव देखिएको थियो ।
अघिल्लो पटक रकम वक्तौता गर्न नसक्दा अभाव देखिए पनि यो पटक भने भारतमा भएको चुनाउले रक्सौलमा रेल्बेस्टेसनबाट आउने पेट्रोलमा अनियमितता हुँदा अभाव देखिएको निगमले जनाएको छ ।
केही समय अगाडी भने राजधानीका करिब दश वटा पेट्रोल पम्पमा खराब इन्धनका कारण इन्जिनले काम नगरेको भनेर समेत चर्चा गरिएको थियो ।
प्रकाशित मिति:
May 18, 2014