• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » विविध कार्यक्रम गरी कुवेतममा पनि बुद्द जयन्ती मनाइयो
विविध कार्यक्रम गरी कुवेतममा पनि बुद्द जयन्ती मनाइयो

लामा भाई, कुवेत:
गत शनिबार नेपाल तामाङ घेदुङ कुवेतद्धारा छैठौँ प्रस्तुती शान्तिको दुत सिदार्थ गौतम बुद्धको २५५७ औ जन्म जयन्ति पूजा तथा शान्ती समारोह नयाँ परीभेषमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामा घलानको सभापतित्वमा सम्पन्न भएको सोहि कार्यक्रम नेपाल तामाङ घेदुङ कुवेतकै महासचिव अमृत तामाङले सञ्चालन गरेका थिए।

प्रमुख अतिथी राजदुत महमायीम मधुबन पौड्याल तथा दम्पत्ती, बिशेष अतिथीमा द्वितिय सचिब राम बिनय राय, कर्मचारी भुबन पौड्याल, श्रम सहचारी श्रीजना तिवारी, नेपाल तामाङ घेदुङ कुवेतका बरिष्ठ सल्लाकार अस बहादुर लोप्चन, स्याम लामा, राजेन्द्र तामाङ तथा दम्पती साथै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । राजदुतद्धारा केक काटेरा उद्घाटन गर्नु भएको थियो ।
नेपाल तामाङ घेदुङ कुवेतका लामा गुरुहरुद्धारा बौद्ध धर्म लम्बी अनुसार पुजपाठ साथै भगवान बुद्धले हामी सामु छाडेर जानु भएको पन्चासिललाइ प्रास्टाउनुका साथै विभिन्न बुद्ध धर्म सम्बन्धि प्रवचन दिएका थिए र उपस्थित दर्सकहरु सबै लाई मोलम मन्दर गरि खादा लगाइरा स्वागत तथा बिदाई गरेका थिए ।

उपस्थित दर्शकहरु सबैलाई तामाङ परिकारका साथै बिभिन्न स्वादिस्ठ पारीकार सेल रोटी, खिर, पुरी, राज्माको तरकारी, सुजीको हलुवा, जुस पानीको ब्यबस्था गरिएको थियो । यसै पुनित अबसरमा नेपाल तामाङ घेदुङ कुवेतले सेल्टरमा रहेका नेपाली चेलीबेटीहरुलाई नेपाली होटेल चौतारीमा तयार पारीएका नेपाली पारीकारको दिवा भोजको आयोजना गरिएको थियो । सँस्थाका अध्यक्ष राम लामा तथा सल्लहाकार श्याम लामाले सेल्टरमै गएरा राजदुतको मातहतमा पुर्‍याएको थियो । अत्यन्तै शान्ता मन्त्रमुग्ध बाताबरणमा सन्चालन भएको सो कार्यक्रम उपस्थित सबै दरसकहरु बाट खुलेरै कार्यक्रमको प्रसम्शा गरिएको थियो ।

संसारभर शान्तिको ज्ञान छर्ने सिदार्थ गौद्धम बुद्धको बिषयमा एवं बुद्धिस्ट धर्म सम्बन्धि दुताबास द्वितिय सचिब राम बिनाय राय, श्रम सहचारी श्रीजना तिवारी, कर्मचारी भुबन पौड्याल, किरात यात्लुङ चुम्लुङ संघ कुवेतका अध्यक्ष शिबा शुबा, समाजस्जेबी किशोर कुमार, अन्तराष्टिय कलाकार समाज कुवेतका अध्यक्ष बिबी मल्ल नेपाल तामाङ घेदुङ कुवेतका लामा गुरुहरु लामाभाई इस्ट मान वाईबा र निर्मल लामाले छोटो मिठो मन्तब्य दिएका थिए ।

कार्यक्रम एसिया होटलमा साझ ६ बजेबाट शुरु भई बेलुका ११ बजे सम्पन्न भएको थियो । यसै बुद्ध जयन्तीको शुभ अबसरमा, दुइ ओटा छुटै छुटै ठाँउमा आर्थिक सहयोग गरिएको थियो । स्कुल भाबन निर्माणको लागि पत्रकार अर्जुन भुषाललाइ नेपाली २६ हजार कुवेतनेपाल डटकमका पत्रकार सुरेश गुरुङको हातमा हस्तान्तरण गरेका थिए भने तान्जिब कम्पनीमा कार्यरत मिलन लिम्बुको परिवार को लागि मन्चमा घोसण गरी ५१ केडी आर्थिक सहयोग किरात याक्थुङ चुम्लुङका अध्यक्ष शिव सुब्बा म्याङ्मोलाई हस्तान्तरण गरेको थियो।

बुद्धजयन्ती कार्यक्रम सफल पार्न घेदुङका कमिटी सदस्य अरुबाट आर्थिक दान गरिएको थियो भने, घेदुङ कुवेतका सल्ल्हकार चन्द्र तामाङ बाट ५१ केडी, शिबा कुमार श्रेष्ठले छ केडी र पदम बहादुर बोम्जन बाट ११ के।डी। सहयोग गरिएको थियो । अन्त्यमा नेपाल तामाङ घेदुङ कुवेतका कलाकार डिबी लोप्चन, पुष्प वाईबा र सुरेश ग्याबगले अ-आफ्नो एल्वमको गीत प्रस्तुत गरि सबैलाई मनोरन्जन दिएका थिए ।

प्रकाशित मिति: May 28, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |