• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » फ्रान्समा पनि यसरी मनाइयो बुद्ध जयन्ती
फ्रान्समा पनि यसरी मनाइयो बुद्ध जयन्ती

विभिन्न देशमा जस्तै गरी हरेक वर्षझैं यस बर्ष पनि फ्रान्सको राजधानी पेरिसबासी नेपालिहरुले इफेल टावोरको जराबाट विश्वको सामु महामानव गौतम बुद्धको संदेश फैलाएका छन ।

गत शनिबार २५ मे को दिन २५५७ औँ बुद्ध जयन्तिको अवसर पारेर फ्रान्समा क्रियाशील सबै संघ संस्थाहरु; नेपाली एकता समाजफ्रान्स, नेपाल सांस्कृतिक गृह, गैह्र आवासीय नेपाली संघ फ्रान्स, तमु समाज फ्रान्स, एभरेस्ट नेपाल एसोसिएसन, पकोफेन नेपाल र नेपालि राजदूताबास फ्रान्सको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा फ्रान्सबासि नेपालीहरुको उल्लेखीय उपस्थिति थियो ।

उपस्थित सबैले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा भएको हो, लुम्बिनी नेपाल मा पर्दछ लगायतका प्लेकार्ड सहित गौतम बुद्धका महान उपदेशहरु लेखिएका प्लेकार्ड बोकेर उपस्थित भएका थिए । उपस्थित दर्शकलगायत स्थानीय र बिदेशी पर्यटकहरुलाई बुद्धको संदेशहरु लेखिएको पर्चि पनि बाँडिएको थियो ।

पेरिसको मुख्य पर्यटक केन्द्र ट्रोकादेरोमा भएको उक्त कार्यक्रममा विभिन्न मुलुकका पर्यटकहरु पनि निकै चाख दिएर बुद्धको बारेमा जिज्ञासा राखेका थिए । उक्त कार्यक्रममा नेपाल बाट आउनुभएका कृषि मन्त्रि टेक बहादुर थापा को पनि उपस्थिति थियो साथै उपस्थित सबैलाई नेपाली राजदूताबास पेरिसका महामहिम राजदुत मोहन कृष्ण श्रेष्ठरमन्त्रिथापाले सम्बोधन गर्नुभएको थियो । उत्साहजनक रुपमा नेपालीहरुको उपस्थिति रहेको कार्यक्रमले सबै नेपाली हरु एकजुट भएर बुद्धको शान्ति मार्गमा हिड्न सबैलाई एउटा संदेश दिएको छ ।

प्रकाशित मिति: May 28, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |