• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » सर्वोच्चले हिजो फिर्ता गरेको रेग्मी विरुद्धको निवेदन आज आफैँ दर्ता गर्यो
सर्वोच्चले हिजो फिर्ता गरेको रेग्मी विरुद्धको निवेदन आज आफैँ दर्ता गर्यो

जेठ १४ । प्रधानन्यायाधीश समेत रहेका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीविरुद्ध दायर निवेदन सोमबार फिर्ता गरेको सर्वोच्च अदालतले आज दर्ता गरेको छ ।

न्यायपालिका र कार्यपालिका प्रमुख एकै व्यक्ति बन्नु लोकतन्त्र र शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भएकाले अध्यक्ष रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने माग गर्दै सोमबार कामनपा–३४ निवासी भरतमणि जङ्गमले दायर गर्न ल्याएको निवेदन अपराह्न निमित्त रजिस्ट्रार श्रीकान्त पौडेलले फिर्ता गर्ने आदेश गरेका थिए ।

सो निवेदनअघि एकै विषयमा पाँचवटा निवेदन दर्ता भइसकेको र निवेदकले उठाएका माग सर्वोच्चमा विचाराधीन निवेदनबाटै सम्बोधन हुने भएको भन्दै सो निवेदन फिर्ता गरिएको थियो ।

श्री जङ्गमले निवेदनमा प्रधानन्यायाधीशले संविधानको मर्म र भावनालाई लत्याउँदै र न्यायका मान्य सिद्धान्तलाई बेवास्ता गरी सर्वोच्च अदालतको साख गुमाएको जिकिर गरेका थिए । रासस

प्रकाशित मिति: May 28, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |