• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, Prawas » पाकिस्तानको जेलमा एक नाम नखुलेका नेपाली रहेको खुलासा
पाकिस्तानको जेलमा एक नाम नखुलेका नेपाली रहेको खुलासा

नारा जेलबाट भारतीय माझीलाई मुक्त गर्नलाई प्रक्रिया मिलाइँदै । तस्बीरः एएफपी
जेठ १२ । पाकिस्तानस्थित नारा जेलमा एक नाम खुल्न नसकेका नेपाली रहेको खुलासा भएको छ ।

उक्त जेलमा रहेका १५१ जना भारतीय माझीहरु रिहा गर्ने क्रममा एक रिहा भएका भारतीयले यसको खुलासा गरिदिएका हुन् ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले भारतका नव नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन आउनु अघि उनीहरुलाई रिहा गर्न आदेश दिएका थिए । रिहा हुने क्रममा नरेश नामका एक भारतीयले पाकिस्तानी पत्रिका ‘डन’सित कुरा गर्दै जेलमा एक नेपाली रहेको खुलासा गरिदिएका हुन् ।

तर, ती नेपालीको नाम के हो र कसरी जेलमा पुगे भन्नेबारे भने अहिलेसम्म खुल्न सकेको छैन । उनका आफन्तलाई समेत यो विषयमा खबर भएको या नभएकोबारे खुल्न सकेको छैन ।

ती भारतीय व्यक्तिले भनेका छन् ‘मैले तपाईँलाई एउटा के कुरा सुनाउनै पर्छ भने कसैले नेपालको उच्चायुक्तलाई गएर सूचित गराइदिनुस् कि एक नेपाली नागरिक पनि नारा जेलमा कोचिएर दिन बिताइरहेका छन्, ।’

पाकिस्तानी प्रधानमन्त्रीको निर्देशनपछि ती १५१ जना भारतीय माझी रिहा भएपनि भारतीय भएको पहिचान खुल्न नसक्दा ती नेपाली भने रिहा हुन नसकेका हुन् ।

प्रकाशित मिति: May 26, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |