भट्टराईले सारेको धारणाले पार्टी एकता कठिन : महासचिव बादल
जेठ १२ । नेकपा–माओवादीले एमाओवादीसँग चलिरहेको एकता प्रक्रियाको धेरै कुरामा निकटता र सहमतितर्फ अघि बढे पनि कतिपय आधारभूत प्रश्नमा अझै गम्भीर मतभेद रहेको जनाएको छ ।
दुवै पार्टीबीच एकताको छलफल प्रक्रिया अघि बढे पनि एमाओवादीले एकताको आधारसम्बन्धी प्रस्ताव अझै अघि नसारेको माओवादीको भनाइ छ । पार्टी कार्यालय बुद्धनगरमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव रामबहादुर थापाले एकताका सहमतिको प्रयास भइरहे पनि एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले सारेको धारणाले भने पार्टी एकतालाई कठिन बनाएको प्रतिक्रिया दिए ।
‘माओवादीसँग सैद्धान्तिक सहमति नभइकन एकता सम्भव छैन भन्ने एमाओवादीका एक वरिष्ठ नेताको हैसियतले जुन धारणा डा भट्टराईले अघि सार्नुभएको छ ती अहिले हामीले सारेका धारणाभन्दा धेरै फरक देखिन्छन्’, महासचिव थापाले भने, ‘क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच ध्रुवीकरणको आवश्यकता रहे पनि हाम्रो पार्टीले एमाओवादीलाई नवसंशोधनवादीका रुपमा परिभाषित गरेको छ ।’
महासचिव थापाले नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालासँग सर्वपक्षीय सभाका लागि भएको वार्ता सकारात्मक भए पनि कसले सो सभा गर्ने भन्ने यकिन भइनसकेको बताउँदै संविधानसभालाई आफ्नो पार्टीले मान्यता नदिएकाले त्यसअन्तर्गतका समितिले आह्वान गर्ने वार्ता र छलफलमा सहभागी नहुने तर राजनीतिक दल र नेतासँगको वार्ता भने जारी नै राख्ने दाबी गरे ।
भारतमा भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएको सन्दर्भमा तपाईंहरुको धारणा के छ भन्ने प्रश्नमा महासचिव थापाले जुनसुकै पार्टीको सरकार आए पनि नेपालसम्बन्धी नीतिमा कुनै तात्विक भिन्नता आउलाजस्तो नलागेको टिप्पणी गरे । - रासस

प्रकाशित मिति:
May 26, 2014