घरभाडा नतिरेपछि राप्रपाको कार्यालयमा ताला
काठमाण्डु, १० साउन – घरभाडा नतिरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा ताला लागेको छ ।
लमजुङ कार्यालयमा तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाएका हुन् ।
बेंसीशहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ । आठ वर्षदेखि कार्यालय राखिएकामा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताए ।
वाग्लेले बेसीशहरमा सोमबार पत्रकार भेटघाट गरी राप्रपासँग घरभाडा बापतको एक लाख ५९ हजार रुपैयाँ लिन बाँकी रहेको बताए । वाग्लेका अनुसार राप्रपासँग २०७१ सालको ३० हजार रुपैयाँ, २०७२ सालको ५४ हजार रुपैयाँ, २०७३ सालको ६० हजार रुपैयाँ र २०७४ सालको वैशाखदेखि असार मसान्तसम्मको १५ हजार रुपैयाँ भाडा लिन बाँकी छ ।
राप्रपा अध्यक्ष इन्द्रबहादुर मल्लले राप्रपा नेपाल हुँदादेखिको भाडा बाँकी रहेको र धेरै रकम भएकाले एकमुष्ट तिर्न कठिन भएको बताए । रासस

प्रकाशित मिति:
July 25, 2017