यी हुन् कांग्रेस माओवादी फोरम र संयुक्तले पाउने मन्त्रालय
कांग्रेस– सञ्चार, रक्षा, भौतिक, कानुन, कृषि, वाणिज्य, सहकारी, खानेपानी, सिचाई, खेलकुद
माओवादी– उर्जा, स्वास्थ्य, सामान्य, पशुपंक्षी, आपूर्ति, महिला
फोरम– पर्यटन, भूमि सुधार
नेकपा संयुक्त– जनसंख्या तथा वातावरण
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागबन्डाको अन्तिम टुंगो लगाएका छन् । मन्त्रालय भागबन्डाको टुंगो लगाएसँगै दुवै दलले मन्त्रीहरुको अन्तिम टुंगो समेत लगाएका छन् ।
नेपाली कांग्रेस १३ र माओवादी केन्द्र ९ मन्त्रालय पाउने समझदारी अनुसार दुवै दलले मन्त्रालयको टुंगो मंगलबार मध्याह्नपछि मात्र लगाएका हुन् ।
दुई दलको सहमति अनुसार कांग्रेसले सूचना तथा सञ्चार, रक्षा, भौतिक योजना तथा यातायात मन्त्रालय, कानुन, कृषि, वाणिज्य, सहकारी, खानेपानी, सिचाई, खेलकुद मन्त्रालय पाउने भएको छ । कांग्रेसले यसअघि अर्थ, शिक्षा सम्हालिसकेको छ ।
यस्तै, माओवादी केन्द्रले उर्जा, स्वास्थ्य, सामान्य, पशुपंक्षी, आपूर्ति, महिला पाउने भएको छ । माओवादीले यसअघि गृह, पर्यटन र सहकारी मन्त्रालय सम्हालिसकेको छ ।
यस्तै उपप्रधान तथा स्थानीय विकास मन्त्री सम्हालिसकेको विजयकुमार गच्छदार नेतृत्वको जनअधिकार फोरम लोकतान्त्रिकले पर्यटन र भूमि सुधार मन्त्रालय पाउने भएको छ । यस्तै, नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालय पाउने भएको छ ।
प्रधानमन्त्रीको निजि सचिवालयले आज साँझसम्म मन्त्रीपरिषद विस्तार हुने बताएको छ ।
प्रधानमन्त्री देउवाले मंगलबार नै सकार विस्तारको तयारी गरेपनि पार्टीभित्रको विवाद र अन्य दलसँग मन्त्रालय बाँडफाँडको विषय मिल्न नसक्दा आजका लागि सरेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादी केन्द्रसँग मन्त्रालयको भागबन्डा २ बजेमात्र टुंगिएको र कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई २ बजेसम्म मन्त्रीहरुको नामावली माग गरेकोमा साँझ ६ बजे मात्र बुझाएकाले मन्त्रीपरिषद मंगलबार हुन नसकेको हो । कांग्रेसबाट १० र माओवादी केन्द्रबाट ६ मन्त्री आज सरकारमा सहभागी हुनेछन् । यस्तै फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट १ जनालाई पनि सरकारमा सहभागी गराएर मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्री देउवाले तयारी गरेका छन् ।
प्रकाशित मिति:
July 26, 2017