माघ ८ मा साझा राजनीतिक सन्देश दिने दलहरुको तयारी
माघ । दोस्रो संविधानसभाबाट संविधान जारी गर्न पूर्वनिर्धारित तिथि माघ ८ मा पहिलो मस्यौदा पनि असम्भव भएपछि प्रमुख राजनीतिक दल यस अवधिमा मुलुक ‘संविधान निर्माण प्रक्रियामा प्रवेशमात्रै गरेको’ साझा राजनीतिक सन्देश दिने तयारीमा छन्।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले, विपक्षी एकीकृत माओवादी तथा मधेसवादी दलबीच माघ ८मा साझा राजनीतिक सन्देश दिनेगरी शुक्रबारबाट छलफल अघि बढेको नागरिक दैनिकमा खबर छ ।
त्यस्तो सन्देश दिन सकेसम्म विवादित सबै विषयमा सहमति कायम गर्ने नभए संविधान नियमावलीअनुसार प्रश्नावली समिति बनाउने र त्यो पनि सम्भव नभए दुई तिहाइलाई ‘अत्यधिक मत’ बनाएर त्यही लमा विवादित विषय टुङ्गो लगाई नयाँ संविधान बनाउन मस्यौदा समितिमा पठाउने दलहरुको तयारी छ।
प्रकाशित मिति:
January 17, 2015