केन्द्र फरक बनाइएकोमा आन्दोलन घोषणा
खोटाङ, १ माघ । स्थानीय तह पुनःसंरचना आयोगले खोटाङबाट सिफारिस गरिएको खोटेहाङ गाउँपालिकाको केन्द्र परिबर्तन गरिएकामा आन्दोलन घोषणा गरिएको छ ।
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको बैठकमा केही दलबाहेक अधिकांश दलले खोटेहाङ गाउँपालिकाको केन्द्र ईन्द्रेणीपोखरी तोकेपनि आयोगले अर्कै केन्द्र तोकेको बिरोधमा स्थानीयले आन्दोलन घोषणा गरेका हुन् । पूर्वजिविस सभापति पर्शुराम कार्कीको अगुवाईमा सम्पन्न ईन्द्रेणीपोखरी, सिम्पानी, लिच्कीराम्चे र चिप्रिङ गाविसको वृहत् भेलाले माघ ३ गतेबाट चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।
बहुसंख्यकले सिफारिस गरेको केन्द्र फेरिएकामा गाबिस र ईलाका प्रशासन कार्यालयमा तालाबन्दी, यातायात, विद्युत, बजार, कलकारखाना समेत बन्द गर्ने तयारी गरिएको ईन्द्र नारथुंगेले जानकारी दिए । ‘जिल्लामा कृयाशिल बहुमत राजनीतिक दलको धारणा केन्द्र इन्द्रेणीपोखरी हुनुपर्छ भन्ने थियो,’ नारथुंगेले भने, ‘तर लोकतान्त्रिक पद्धतिमा बहुमतको निर्णयलाई बेवास्ता गर्दै अर्कै स्थानलाई केन्द्र तोकेको हुँदा यस भूगोलका जनता आन्दोलित भएका हुन् ।’

प्रकाशित मिति:
January 14, 2017