रुष्ट बन्दै सिमाका नेपाली, गण्डक नहर भत्काउने प्रयास गरे
काठमाडौं ९ भदौ
भारतीय सिमा नजिकका नेपाली भारतले बनाएको नहरको विषयमा रुष्ट बन्दै गएका छन् ।
नवलपरासीको सुस्ता गाँउपालिकाबासीले शुक्रबार पुनः गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका छन् ।
बाढीको पानी खेतमा जमेर ३ सय विगाहा क्षेत्रफलको अन्नबाली नष्ट भएको र क्षतिपुर्ति नपाएको भन्दै सुस्ताका छिबनी र सत्तपत्तिका किसानहरुले बाँध भत्काउने प्रयास गरेका हुन् । करिब १० मिटर लम्बाई, ३ मिटर गहिराई र १ मिटर चौडाई बाँध भत्काउन पुगेपनि प्रहरीले रोकेको छ ।
एक साता अघि पनि उक्त क्षेत्रका पीडित किसानहरुले पानीको निकासका लागि गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका थिए । त्यसवेला पनि स्थानीय प्रशासनले रोकेको थियो । त्यतिबेला नेपाली र भारतीय पक्षबीच पानीको निकास गराउने, क्षतिपुर्ति व्यहोर्ने लगायतका विभिन्न बुँदामा सहमति समेत भएपनि सहमति अनुसार काम नभएको गुनासो गर्दै बाँध पुनः भत्काउन पुगेका हुन् ।
प्रकाशित मिति:
August 25, 2017