नेपाल बैंकको नाफा झण्डै साढे ३ अर्ब

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब २१ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा २ अर्ब ८८ करोड खुद नाफा गरेको बैंकले नाफामा ११.६७ प्रतिशतले वृद्धि गरेको हो ।
बैंकले ब्याज आम्दानी बाटै ७ अर्ब ५६ करोड कमाएको छ । जबकी उसले ब्याज खर्च १ अर्ब ७२ करोड गरेको छ । बैंकले यसअवधिमा ९३ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७४ अर्ब ३७ करोड रुपैयाँ कर्जा तथा १२ अर्ब १६ करोड लगानी गरेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ राखेको छ । बैंकको अघिल्लो आर्थिक बर्षको मध्यसम्म जगेडाकोष ऋणात्मक रहेको थियो । अघिल्लो आर्थिक बर्षको मध्यदेखि जगेडाकोष धनात्मक बनाएको बैंकले एक बर्षको अवधिमा जगेडाकोषमा ३ अर्ब २६ करोड रुपैयाँ थप गरेको छ ।
बैंकको खराव कर्जा ३ दशमलव १७ प्रतिशत, प्रति सेयर आम्दानी ४० रुपैयाँ ३ पैसा तथा प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।
प्रकाशित मिति:
August 14, 2017