बिहेमा जन्त जाँदैनन्, मर्दा मलामी जाँदैनन्, अप्ठ्यारो पर्दा भेट्दैनन् भन्ने माओवादीलाई गुनासो छ : प्रचण्ड
भदौ १० सुर्खेत
पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी नेता, कार्यकर्तामा सामाजिक चरित्र हुन सकेन, बिहेमा जन्त जाँदैनन्, मर्दा मलामी जाँदैनन्, अप्ठ्यारो पर्दा भेट्दैनन्, जनताका गुनासा सुन्दैनन् भन्ने गुनासो रहेको भन्दै त्यसलाई सच्चाउनुपर्ने र सामाजिक छवि र चरित्र बनाउनु पर्ने बताएका छन् ।
माओवादी केन्द्रका ६ नं. प्रदेशका अगुवा कार्यकर्तालाई सुर्खेतमा प्रशिक्षण दिँदै दाहालले माओवादी केन्द्रलाई ब्यालेटको लडाई हार्ने छुट नभएको समेत बताए ।
वर्गसङ्घर्ष अहिले ब्यालेटमा छ, त्यसको मूख्य केन्द्रबिन्दु ६ नम्वर प्रदेश नै हो । यो प्रदेश र हाम्रा जनप्रतिनिधिले जितेका गाउँपालिका र नगरपालिकालाई नमूना बनाउनुस् उनले भने, संगठन बाहेक क्रान्तिकारी पार्टीको अर्को कुनै हतियार छैन । संगठन नै हाम्रो मूख्य शक्ति हो, यसले बुर्जुवा वर्गलाई परास्त गर्न सकिन्छ, संगठनको बलले नै ब्यालेटको लडाई जितिन्छ, यो लडाई हार्ने छुट माओवादीलाई छैन ।’
‘उनले मधेश माओवादीमय बन्दै गएको र मधेशको पक्षमा लड्ने शक्ति माओवादी नै हो भन्ने कुरा जनताले बिस्तारै बुझ्दै गएको छ समेत बताए ।
उनले अगाडी भने, विकास र समृद्धिमा माओवादी नै अब्बल छ । १० महिनामा मैले सम्पूर्ण शक्ति देशका लागि खर्च गरें । त्यो बेला देशले ठूलै परिणाम पायो, लोडसेडिङ हट्यो, आर्थिक विकास ह्वात्तै बढ्यो, संविधान कार्यान्वयन भयो, स्थानीय तह बन्यो, छिमेकीसँग सन्तुलित सम्बन्ध बन्यो, स्थानीय चुनाव भयो, यो सबै सामान्य मेहेनतले भएको कुरा होइन ।’
अध्यक्ष प्रचण्डले सामाजिक काम र जनताका अपेक्षामा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन समेत दिए ।
प्रकाशित मिति:
August 26, 2017