सेञ्चुरीले अल्पाइन तथा सेती फाइनान्सलाई गाभ्ने
काठमाडौं २४ भदौ
सेञ्चुरी कमर्सियल बैंकको अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई गाभ्ने निर्णय गरेको छ ।
बैंकको शुक्रबार भएको विशेष साधारणले दुई फाइनान्सलाई प्राप्ती गर्नलाई स्विकृती प्रदान गरेको हो ।
सेञ्चुरीले अल्पाइनको १०० कित्ता बराबर सेञ्चुरीको ९३ कित्ता तथा सेती फाइनान्सको १०० कित्ता सेयर बराबर सेञ्चुरीको ७० कित्ता सेयर हुने भएको छ ।
दुबै संस्था प्राप्ती पश्चात् बैंकको चुक्ता पूँजी करिब ६ अर्ब हुनेछ । त्यसपछि हकप्रद बेचेर उसले राष्ट्र बैंकले तोकेको आठ पुर्याउने भएको छ ।
प्रकाशित मिति:
September 09, 2017