नयाँ कर्मचारी भर्ना नरोक्न लोक सेवालाई निर्देशन, नयाँ कर्मचारी भर्ना गर्न बाटो खुल्यो
काठमाडौं २४ भदौ
लोक सेवा आयोगलाई नयाँ कर्मचारी भर्ना गर्नका लागि बाटो खुल्ला भएको छ । व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिले नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन दिएपछि लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि बाटो खुलेको हो ।समितिको शुक्रबार बसेको बैठकले समायोजन विधेयक निर्माणका क्रममा कर्मचारी भर्ना नरोक्ने बुँदा राख्न आयोगलाई निर्देशन दिएपछि भर्ना प्रक्रियाका लागि बाटो खुलेको हो ।
यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।
आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले समितिले गरेको निर्णय स्वागतयोग्य छ भन्दै आयोगले अब कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने जानकारी गराए ।
आयोगले आइतबार सामान्य प्रशासन मन्त्रालयलाई रिक्त पदको विवरण पठाउनका लागि पत्र पठाइने तथा पूर्वनिर्धारित कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने बताएको छ ।
प्रकाशित मिति:
September 09, 2017