गौशाला, ७ असोज । जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखमा राजपा नेपाल विजयी भएको छ ।
प्रमुखमा रामशङ्कर मिश्रले पाँच हजार १८० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमका सुरेश साह सोनारले तीन हजार ३६१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए ।
त्यस्तै उपप्रमुखमा राजपाकै मुनचुनदेवी महतोले चार हजार ५६६ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रसका अनितादेवी शर्माले दुई हजार ७१६ मत प्राप्त गरिन् ।
बर्दिवास नगरपालिकामा माओवादी केन्द्र विजयी
बर्दिवास नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
प्रमुखमा विदुरकुमार कार्कीले नौ हजार १८७ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रल्हाद क्षेत्रीले आठ हजार १७९ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए ।
त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै कृष्णकुमारी गौतमले आठ हजार ८३५ मत प्राप्त गरी विजयी भइन् ।
Powered by Blogger.
जलेश्वरमा राजपा र बर्दिवासमा माओवादी केन्द्र विजयी
प्रकाशित मिति:
September 23, 2017