१७ जना माओवादी मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री देउवाले खोसे
काठमाडौं ३१ असोज
नेकपा माओवादी केन्द्रबाट सरकारबाट सरकारमा सहभागी १७ जना मन्त्रीको जिम्मेवारी खोसिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नाैं मन्त्री र आठ राज्यमन्त्री गरी १७ जना माओवादी मन्त्रीको जिम्मेवारी खोसेका हुन् ।
यसअघि माओवादी मन्त्रीले राजीनामा दिने तयारी गरेपनि निर्वाचन सार्ने तयारी गरेको भन्दै अन्तिममा राजीनामा दिनबाट पछि हटेका थिए । साँझपख भने देउवाले सबै माओवादी मन्त्रीलाई बिना विभागिय बनाएका हुन् । उनले राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिएका छन् भने बाँकी मन्त्रालय आफैंसँग राखेका छन् ।
प्रकाशित मिति:
October 17, 2017