चुनावको बेला चार-चार दिन विद्यालय बन्द
काठमाडाैं ४ मंसिर
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन विद्यालय बन्द हुने भएका छन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
निर्वाचन आयोगले गृह मन्त्रालयलाई गरेको सिफारिस अनुसार पहिलो र दोस्रो चरणका निर्वाचनका क्रममा सम्बद्ध क्षेत्रका विद्यार्थीलाई चार दिन बिदा दिइनेछ। पहिलो चरणको चुनाव हुने क्षेत्रमा मंसिर ७ देखि १० सम्म र दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा मंसिर १८ देखि २१ सम्म बिदा हुनेछ।
विद्यालयमै मतदान केन्द्र हुने र शिक्षकलाई तयारीमा खटाइने भएकाले पठनपाठन प्रभावित हुने भएको हो। निर्वाचन प्रयोजनका निम्ति अन्य भौतिक पूर्वाधार नभउकाले विद्यालय र शिक्षकलाई प्रयोग गर्नु परेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बताए। कान्तिपुरबाट

प्रकाशित मिति:
November 20, 2017