दोषी छुटाउन दबाब दिने कांग्रेस उम्मेदवार भोट माग्दै, ७२ वर्षिया वृद्धि न्याय कुरेको कुरै
खोटाङ २७ कात्तिक
करिब एक वर्ष ५ महिना अघि च्यानडाँडा १ बस्ने एक स्थानीय ७२ वर्षिया वृद्धलाई मरोणाशान्न हुने गरी बोक्सीको आरोपमा कुटपिट भएको घटनाले अझै किनारा पाएको छैन । डेढ वर्षदेखि पीडित वृद्धा न्याय कुरिरहेकी छिन् भने पिडकलाई उन्मुक्ती दिलाउन दबाब दिने कांग्रेस पुर्व जिल्ला सभापति तथा पुर्व महासमिति सदस्य तथा प्रदेश दुईका उम्मेदवार बनेका विष्णु कुमार राई सोही क्षेत्रमा भोट माग्दै हिडिरहेका छन् ।
पीडित पक्षका अनुसार विष्णु कुमार राई, भलकाजी गुरुङ (साकेला– १ का गाउँपालिका अध्यक्ष) लगायतले मुद्धा कमजोर बनाउन भूमिका खेलेको र प्रहरी प्रशासनलाई दबाब दिएर बोक्सी सम्बन्धी मुद्धालाई सार्वजनिक शिर्षकमा दर्ता गरिएको थियाे ।
उम्मेदवार विष्णु कुमार राई लगायतको दबाबमा बोक्सी सम्बन्धी मुद्धालाई सामान्य सार्वजनिक मुद्धा बनाएर सिडिओ कार्यालयमा ल्याएपछि पीडित पक्ष आक्रोशित बन्दै आएका छन् । घटनामा राजनीतिक गन्ध छिरेपछि वृद्धाले न्याय पाउन नसकेकी हुन् । ७२ वर्षिया वृद्धालाई टाउकोमा सात टाका लगाउन पर्ने गरी कुटपिट भएपनि आफ्नो पार्टी नेपाली कांग्रेस निकटका व्यक्ति पिडक भएपछि कांग्रेस नेताहरुले योजनाका साथ मुद्धा कमजोर पारेका थिए । तर, मानव अधिकार आयोगले मुद्धाको छानबिन थालेपछि दुई जना सिडिओ मुद्धा नै नछोई बिदा भएका थिए ।
नयाँ सिडिओ एकदेव अधिकारीले मुद्धा किनारा लगाउन प्रयास गरेका छन् । केही दिन अघि दुवै पक्षलाई सिडिओ कार्यालयले बयानका लागि बोलाएपनि गाउँमा छिमेकीको मृत्यु भएको तथा पीडित वृद्धाका आफन्तको पेट सम्बन्धी बिरामीपछि काठमाडौंमा अप्रेशन रहेको कारण पीडित पक्ष बयानका लागि अनुपस्थित बनेका थिए । यद्यपी, पीडित पक्षले बोक्सी सम्बन्धी मुद्धा चलाउन माग गर्दै सिडिओ कार्यालयले छिनोफानो गरे विशेष अदालत जाने बताएका छन् । उनीहरुले सिडिओ कार्यालयलाई मुद्धा नहेरी फिर्ता गरेर प्रहरीले अदालतमार्फत बोक्सी सम्बन्धी चलाउनुपर्ने माग गर्दै आएका छन् ।
घटना श्रृंखला नम्बर १
च्यानडाँडा १ मा बस्ने धनगन्ज राई दम्पत्तिले स्थानीय ती वृद्धालाई बोक्सीको आरोप लगाउँदै १३ जेठ २०७३ का दिन मरणोशान्न हुने गरी कुटपिट गरेका थिए । पीडित वृद्धासँग उनीहरुको धान कुट्ने मिलमा जाँदा पैसा फिर्ता पाउने विषयमा सामान्य भनाभन भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार तर केही समयपछि राई दम्पत्तिले आफ्नो नाबालक छोरोलाई बोक्सी भएकै कारण बोल्न नसक्ने बनाएको र अब बोल्ने नबनाए ज्यान नै लिने भन्दै मरोणाशान्न हुने गरी कुटपिट गरेका थिए । खत्री थरको एक घरमा ती वृद्धा कुराकानी गरीरहेको अवस्थामा पिछा गर्दै गएका राई दम्पत्तिले निर्मम कुटपिट गरेका थिए । घरमुलीले छुटाउन खोज्दा समेत नसकेपछि कुकुर फुकाईदिँदा राई दम्पत्तीलाई कुकुरले खुट्टामा घाइते हुने गरी टोकेको थियो । कुकुरको आक्रमणपछि मात्रै राई दम्पत्ति भाग्दा वृद्धाको ज्यान जोगिन पुगेको थियो ।
श्रृंखला नम्बर २
कुटपिटपछि गाउँमा पुरै हल्ला फैलियो । नजिकै एक घरमा गाउँलेहरु भेला भए । समाजले मिलाउन खोज्दा धनगञ्ज दम्पत्तिले बोक्सी भएको र आफ्नो छोरो बोल्ने नबनाए ज्यान मार्ने धम्की दिएपछि गाउँमा कुरो मिल्न सकेन ।
श्रृंखला नम्बर ३
मरोणान्न हुने गरी कुटपिटपछि घाइते ती वृद्धालाई स्थानीय स्वास्थ्य चौकी र भोलिपल्ट १४ गते सदरमुकाम दिक्तेलमा उपचार गर्न पुर्याईएको थियो । वृद्धाको टाउकोका साथै हात खुट्टामा गम्भीर चोट लागेको थियो भने अस्पतालले उनको टाउकोमा ७ टाका लगाइएको थियो । १५ जेठका दिन प्रहरी कार्यालय दिक्तेलमा पीडित पक्षले बोक्सीको आरोपमा जाहेरी दिए ।
श्रृंखला नम्बर ४
१४ गते नै उक्त घटना कांग्रेसका नेताहरु समक्ष पुगिसकेको थियो । नाम उल्लेख नगर्ने शर्तमा कांग्रेस एक नेताका अनुसार १५ गते बिहान कांग्रेस नेताहरुको बैठक बस्यो । र, मुद्धा कमजोर बनाउने उपायसहित उनीहरु उठे । त्यसपछि सिँधै प्रहरी कार्यालय हानिए । कांग्रेस नेताकै योजना अनुसार प्रहरीले बोक्सी सम्बन्धी चलाउनुपर्ने मुद्धालाई सामान्य कुटपिट भएको भन्दै सार्वजनिक अपराध अन्तर्गत मुद्धा अगाडी बढायो । जतिबेला पीडित पक्ष गाउँ फर्किसकेका थिए ।
बोक्सीसम्बन्धी (कसुर र सजाय) ऐन २०७१ मुद्धा चलाउँदा हदैसम्मको कारबाही पर्ने देखेपछि पीडकलाई उन्मुक्ति दिन सार्वजनिक मुद्धा अन्तर्गत केस अघि बढाइएको थियो । बोक्सी सम्बन्धी कानुन अनुसार कसैले कसैलाई बोक्सी आरोपमा यातना दिएको प्रमाणित भएमा १० वर्षसम्म कैद र पचास हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने लगायत कडा कानुनी व्यवस्था छ । तर कांग्रेस नेता, प्रहरी र कानुन व्यवसायीको मिलेमतोमा उक्त मुद्धा कमजोर बनाएर वृद्धालाई न्यायबाट वञ्चित बनाइएको थियो । उक्त मुद्धामा कानुन व्यवसायी नारायणदास राई समेत विवादित बने ।
श्रृंखला नम्बर ५
जेठ १३ मा भएको घटनामा १४ गते प्रहरीमा जानकारी र १५ गते पीडितले जाहेरी दिएका थिए । प्रहरीले भने १८ गते पीडितलाई थाहै नदिई कमजोर मुद्धा चलाएको हाम्रो खोटांग डटकमले खोजबाट पत्तो लगाएको थियो । १९ गते निजामती कर्मचारी संगठनको चुनावका दिन बिदा परेको भन्दै म्याद सकिने बहाना बनाएर सई उमेश यादवले १८ गते नै मुद्धा दर्ता गरेको बताएका थिए । पीडितका एक आफन्तले सई यादवलाई १८ गते फोन सम्पर्क गर्दा भोलि बिदा भएको भन्दै मुद्धा दर्ता गर्ने भए आजै हुने र नत्र भने मुद्धा नै दर्ता नहुने चेतावनी समेत दिएका थिए । त्यसो त प्रहरीले पीडितका आफन्तलाई नै भने जस्तै गरी मुद्धा चलाएको भन्दै आफुहरुले काम गरिरहेको र दबाब दिए नराम्रो हुने धम्की दिएको समेत दिएको सो बेला बुझिएको थियो ।
श्रृंखला नम्बर ६
मिलेमतोमा पीडितलाई न्यायबाट वञ्चित गरेको समाचार आएपछि मानव अधिकार आयोगले छानबिन थाल्यो । आयोगले प्रहरीसँग फाइल मगाउँदा प्रहरीले किर्ते ल्याप्चे हानेर बोक्सी सम्बन्धी ब्यहोरा नै मेटेको समेत पाइएको थियो । सरकारी वकिलले सिडिओ कार्यालयमा समेत बोक्सी सम्बन्धी भएका विवरण केरेर बुझाएको पाइएको छ । आयोगको अनुसन्धानका कारण तत्कालिन प्रहरी जिल्ला प्रमुख डिएसपी विद्यानन्द माझीको बढुवा केही महिना रोकियो । दुई वटा सिडिओले उक्त मुद्धा छोएनन् । अबका सिडिओले उक्त वृद्धालाई न्याय दिलाउलान् कि विशेष अदालत धाउने बनाउलान् त्यो थाहा पाउन भने कुर्नै पर्नेछ !

प्रकाशित मिति:
November 13, 2017