दक्षिण अफ्रिका पुर्याईदिन्छु भन्दै ठग्ने एक जना पक्राउ पक्राउ
काठमाडौँ, १६ पुस
दक्षिण अफ्रिकाको जोहान्नेसवर्गमा रोजगारी दिलाइदिने भनी विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी दक्षिण अफ्रिका पु¥याई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मोरङ, सुन्दर हरैचा नगरपालिका घर भई हाल काठमाडौँ चन्द्रागिरि बस्ने चित्रप्रसाद ढुंगेललाई पक्राउ गरेको हो । उनले कलंकीमा ‘क्यारियर हब प्रालि’ शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका छन् ।
ढुंगेलले प्रतिव्यक्ति रु सात लाखभन्दा बढीका दरले रकम उठाई दक्षिण अफ्रिका पु¥याएपछि पीडितलाई बिना कुनै पारिश्रमिक काममा लगाई अलपत्र पारेको आरोप छ । पीडित भागेर नेपाल फर्किएका थिए ।
नेपाल फर्किएपछि ढुङ्गेलले पीडितलाई उल्टै धम्की दिएपछि ब्यूरोमा आएर निवेदन दिएका थिए । पक्राउ परेका ढुंगेललाई जिल्ला अदालत, काठमाडौँबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ को दफा ३ र ४ को कसुरमा दफा १५ १ क अनुसार मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र रु दुई लाख जरिवानाको व्यवस्था छ ।
प्रकाशित मिति:
December 31, 2017