धनुषा ३ मा राजेन्द्र महतो र विमलेन्द्र निधि कसैलाई समर्थन गरेका छैनौं, हामी आफैं जित्दैछौं : वामगठबन्धन
धनुषा २१ मंसिर
वाम गठबन्धन दलले धनुषा निर्वाचन क्षेत्र नम्बर तीनमा कसैलाई समर्थन नगरेको स्पष्ट पारेको छ ।
कांग्रेस नेता विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतोले वाम गठबन्धन दलले आफूहरुलाई समर्थन गरेको भन्दै आफू खुसी मिडियाबाजी गरेकोप्रति आपत्ति जनाउँदै वाम गठबन्धनले आफ्नो गठबन्धनको उम्मेदवारी कायम नै रहेको र आफूहरुको जित सुनिश्चित रहेको समेत बताएका छन् ।
माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामसिंह यादवले आफूहरुको उम्मेदवारी कायम नै रहेको भन्दै आफू चुनाव हार्ने देखेर कांग्रेस र राजपाका नेताले गलत प्रचार गरिरहेको बताए । उनले सबै मतदातालाई भ्रममा नपरी गोलाकारभित्रको हसिया हथौडा र सुर्य चिह्नमा मतदान गर्न आह्वान समेत गरे ।
प्रकाशित मिति:
December 07, 2017