यो निर्वाचनले अब राजनीतिको शुद्धीकरण र सफाईको राष्ट्रिय आवश्ययकता पूरा गर्छ : श्रेष्ठ
काठमाडौं २१ मंसिर
नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता एवम् बाम गठबन्धनका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर २ का साझा उमेद्वार नारायणकाजी श्रेष्ठले संघ र प्रदेशको निर्वाचनले देशमा नयाँ संविधान संस्थागत गरिएको नयाँ राजनैतिक प्रणालीको कार्यान्वयनका लागि नेतृत्व चयन गर्दै नेपालको राजनीतिको शुद्धीकरण र सफाईको आजको राष्ट्रिय आबश्यकता पुरा गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले निर्वाचनसँगै अब देशमा आर्थिक वृद्धि, विकास तथा स्थायी शान्ति कायम हुने विश्वास समेत व्यक्त गरेका छन्।
प्रकाशित मिति:
December 07, 2017