नगरपालिकाको मेयरमा पराजितबाट पूर्व सञ्चारमन्त्री लगायत सांसदहरुको सपथ
काठमाडौं ६ माघ
नगरपालिकाको मेयरमा पराजित व्यक्तिलाई सरकारले प्रदेश प्रमुख तोकेपछि अब पूर्व सञ्चारमन्त्री, मन्त्री लगायत प्रदेशसभामा निर्वाचत सांसदहरुले उसैबाट सपथ लिनुपर्ने भएको छ ।
सरकारले प्रदेश प्रमुख नियुक्ति गर्दा राजनीतिक आस्थाकै आधारमा विशिष्ट भन्दा कमजोर व्यक्तिलाई समेत प्रदेश प्रमुख तोकेपछि यस्तो हुन गएको हो । सरकारले नातागोता, राजनीतिक आस्थाको आधार समेत प्रदेश तोकेको थियो ।
प्रदेश एकका प्रदेश प्रमुख गोविन्द सुब्बा हुन् । उनी महेन्द्ररत्न क्याम्पसका प्राध्यापक हुन् । तर, उनको राजनीति इतिहास कोट्याउँदा २०४९ सालको निर्वाचनमा धरानको मेयर पदमा पराजित बनेका थिए । निर्वाचनमा पराजितपछि उनी टाढिएका थिए । सुरुमा उनी वाम समर्थक रहे पनि पछि कांग्रेस निकट हुन पुगे ।
प्रदेश एकमा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई लगायत प्रदेशसभामा विजयी भएका छन् । अब प्रदेश प्रमुख सुब्बाबाट राईसहित निर्वाचित सांसदहरुले सपथ लिनुपर्नेछ ।
प्रदेश प्रमुखले प्रदेश सरकार नियुक्ति, प्रदेश कानुनहरु पारित लगायतको काम समेत गर्ने संवैधानिक प्रावधान छ ।
प्रकाशित मिति:
January 20, 2018