बन्दका केही झलकहरु तस्वीरमा
आजभोलि समय नै अर्कै भएको छ नेपालमा । राति सुत्ने बेलासम्म सब ठिकठाक हुन्छ तर बिहान उठेर कतै जानुपर्यो भन्यो त नेपाल बन्द रे । खै के बन्द रे त्यस्तै त्यस्तै । सर्वसाधरणले यस्तै मार्का बेहोर्न बाध्य छन् । आधा दिउँसो हुँदासम्म धेरैलाई त किन र कसले बन्द गरेको भन्ने पनि थाहा हुँदैन । होस पनि कसरी अहिले त पत्रकारलाई नै पनि पिट्न थालेका छन् रे बन्दकर्ताले । कसैले कसैले यो बन्दको सिजन भन्दारहेछन् । जेठ १४ आउन लागेकाले रे ।
जे होस आज ब्राम्हण,क्षत्री,ठकुरी,दशनामी समाज सहितको संयुक्त संघर्ष समितिले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा पनि परेको छ । काम विशेषले बाहिर निस्केकाहरु सवारी साधन नपाएर समस्यामा परेका छन् । बिहान सवारी चलेपनि ८ बजेपछि ठप्प भएका छन् ।
हामीले बन्दका केही तस्वीरहरु लिएका छौँ तल हेर्नुहोस :

प्रकाशित मिति:
May 17, 2012